अर्थ खबर

चितवनमा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन आग्रह

Spread the love

चितवन, जेठ ४ ।

चितवनको पूर्वी क्षेत्रमा पालिएका कुखुरामा बर्डफ्लुको संक्रमण भेटिएको छ । खैरहनी नरगपालिका–९, सुर्तनीका किसान राजन चौधरीले पालेका लेयर्स फर्मको कुखुरा मरेपछि परीक्षण गर्दा बर्डफ्लुको पुष्टि भएको राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला चितवनका वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाइँले जानकारी दिए । चौधरीले एउटै फर्ममा १५०० लेयर्स कुखुरा पालेका थिए । खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि गत वैशाख १४ गते परीक्षणका लागि भरतपुरमा रहेको राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला पठाइएको थियो ।

परीक्षणमा एच फाइभ एन वान (एभिएन इन्फ्लुएन्जा) नामक जीवाणु (भाइरस) भेटिएको चापागाइँले बताए । चौधरीले पालेका सबै कुुखुरा मरिसकेका छन् । यस्तै, राजन चौधरीको खोरसँगै जोडिएको लक्ष्मण चौधरीको खोरका कुखुरा पनि धमाधम मर्न थालेपछि परीक्षणका लागी नमुना पठाइएको छ ।

Related Articles

Back to top button