मनोरञ्जनसमाचार

चिसापानीएकता समाजले मनायो ल्होसार

Spread the love

लेखनाथ, १२माघ ।
चिसापानीएकता समाजपोखरा २९÷३० ले विभिन्नकार्यक्रमका साथ च्यू ल्होसार मनाएको छ ।
रुपागाउँपालिका–६ चिसापानीमाजन्मिएर देशकाविभिन्नठाउँमाछरिएर रहेका गुरुङहरुको संस्थाचिसापानीएकता समाजले मृग वर्गलाई बिदाइ र मुसावर्गलाई स्वागतगर्दै नयाँवर्षको रुपमाल्होसारपर्वमनाएको हो ।
समाजले आफ्ना सदस्यहरु एवं चेलीबेटी र आफन्तहरुसँग ल्होसारको शुभकामनाआदानप्रदानएवं सामुहिकभोज एवं नाचगानगरीपर्व मनाएको हो ।
कार्यक्रममाप्रमुखअतिथि समाजका संस्थापकअध्यक्षएवं संरक्षक शेर बहादुर तमुले गुरुङ समुदायको पहिचानको मुद्धा र अधिकारको मागलाई राज्यले सुन्नुपर्ने वताए ।गुरुङहरुको संस्कृतिअहिले देशकै मौलीक संस्कृति र पहिचानको रुपमा स्थापितभएको वताउँदै अबपहिचानलाई सम्मृद्धिसँगजोड्नुपर्ने र जातीयअस्तित्वलाई विकाससँग जोडनुपर्ने वताए ।
ठाडो भाका, झ्याउरे, सोरठी, घाटु जस्ता संस्कृतिअहिले मुलुककै पहिचानभएको वताउँदै अबपहिचानको कुरा मात्र गरेर गुरुङ समुदायको माग र समस्या पुरा नहुने वताए । यसको लागिआफ्नामुद्धाहरुलाई लिएर सम्पुर्ण गुरुङ समुदायएकताबद्धहुन जरुरी रहेको उनले वताए ।
कार्यक्रममाबरिष्ठ सल्लाहकार सुबेदार मन बहादुर गुरुङ, सल्लाहकार सुबेदार मेजर नोर बहादुर गुरुङ, चिसापानी सामुदायीककल्याणकोषकाअध्यक्ष रुम बहादुर गुरुङ, चिसापानीमन्दिर सिंढिबाटो निर्माण समितिका संयोजकटिकाबहादुर तमु, महिलाहरुको तर्फबाटमिना गुरुङ लगायतले बोलेकाथिए ।
समाजकाअध्यक्ष ईन्द्र बहादुर तमुको सभापतित्वमा सम्पन्नकार्यक्रममाउपाध्यक्ष बिर बहादुर तमुले स्वागत गरेकाथिएभने कार्यक्रमको सञ्चालन सचिव कृष्णबहादुर तमुले गरेकाथिए ।
कर्यक्रमको अवसरमा संस्थामारहेर विभिन्न समयमायोगदान गरेवापतविभिन्नव्यक्तिहरुलाई सम्मानगरिएको थियो ।
गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार÷सार’को अर्थ फेरिनु भन्ने हुन्छ । त्यसै अनुसार ल्होछार÷ल्होसार भनिएको हो । मुसावर्ग सुरु भएकाले गुरुङ समुदायले मुसाअर्थात् च्युल्हो समेत भन्ने गर्दछन ।
च्युको अर्थमुसाहो । गुरुङ समुदायले १२ जनावरको नामबाटवर्षको नामकरण गरेको छ । सोही परम्परा अनुसार व्यक्तिकासमेत वर्ग निर्धारण र नामकरणगर्ने परम्परा छ । गुरुङ समुदायको १२ वर्ष÷वर्गमाबाघ, बिरालो, मुसा, सुगा, सर्प, कुकुर, घोडा, मृग लगायतछन् ।

Related Articles

Close