समाचारसमाज

रोटरी र एल आई सीको संयुक्त रक्तदान

Spread the love

लेखनाथ,१फागुन । रोटरी क्लव अफ लेखनाथ,रोट्राक क्लव अफ लेखनाथ र एल आई सी नेपाल लेखनाथ शाखाको संयुक्त आयोजनामा सनिवार लेखनाथमा राखिएको खुल्ला रक्तदानमा ३७ युनिट रगत संकलन भएको छ ।

रत्तदाना जिवनदान,जिवनदान महादान भन्ने मुल नाराका साथ राखिएको कार्यक्रमका पहिलो रक्तदाताँ रोटरी क्लव अफ लेखनाथका अध्यक्ष हरिबहादुर वुढाथोकीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले सामाजिक संघ सस्थाहरुले समाजमा सकरात्मक सन्देश दिने खालका कार्यक्रम ल्याएर स्थानिय स्तरको विकासमा सहयोग गर्नु पर्ने सुझाव राखेको थिए ।

लेखनाथको तालचोकमा राखिएको कार्यक्रममा एल आइ सी नेपाल लेखनाथ साखाका साखा प्रमुख संजिव खनाल,रोटरी क्लव अफ लेखनाथका सस्थापक अध्यक्ष उमेश कुमार आचार्य र रत्तसंचार केन्द्र पोखराका प्राविधिक यशोदा दुराले स्वच्छ मानिसले तीन तिन महिनामा रत्तदान गर्दा स्वास्थ्यलाई राम्रो हुने र आफुले दिएको रगतले जिवन मरणको दोसादमा रहेका विरामीहरुलाई सहयोग पुग्ने विश्वास दिलाएका थिए ।

रोटरी क्लव अफ लेखनाथका अध्यक्ष हरि वहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य रोटरी क्लव अफ लेखनाथका अध्यक्ष उत्तम श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन संयोजक रामप्रसाद आचार्यले गरेका थिए ।

Related Articles

Close