समाचार

कांग्रेस जिल्ला सभापति भेलाको तयारी अन्तिम चरणमा

Spread the love

मकवानपुर, ३ जेठ ।
नेपाली कांग्रेस जिल्ला सभापतिहरुको हेटौडामा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबारसम्म भेलाको तयारी पुरा हुने कांग्रेस मकवानपुरले जनाएको छ ।भेला तयारी समितिका प्रचारप्रसार संयोजक प्रदीप कोइरालाले खाजा खाना, आवास, प्रदेश समन्वय, अतिथी समन्वय, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रम लगायतका ११ समितिरउपसमिति संयोजक तोकेर तयारी तीव्र पारिएको उनले जानकारी दिए । उनले केन्द्रीय सचिवालयका सचिवलगायत कर्मचारीहरु आइतबार बेलुकासम्म हेटौडा पुगिसक्ने बताए । ७७ जिल्लाका सभापति र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु सोमबार बेलुकासम्म हेटौडा आइपुग्ने मकवानपुर कांग्रेसले जनाएको छ । भेलामा केन्द्रीय कार्यसमिति र प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरु सहभागी हुनेछन । सभापतिहरुको राष्ट्रिय भेलाको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार एक भव्य समारोहबीच गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय पदाधिकारी र सदस्यसहित हुने जिल्ला सभापतिको भेलामा संगठन निर्माण, संघीय व्यवस्थामा संगठन संरचना र समसामयिक राजनीतिक सन्दर्भमा कांग्रेसको भूमिकाबारेमा छलफल हुनेछ ।प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा दोस्रो शक्तिमा खुम्चिएको कांग्रेसले भेलापछि राष्ट्रिय जागरण अभियान चलाउने जनाएको छ ।

Related Articles

Back to top button