समाचार

संविधान दिवसको अवसरमा वृक्षारोपण सम्पन्न

Spread the love

लेखनाथ, असोज २ ।

संविधान दिवसको अवसरमा पोखरा महानगरपालिका ३० नं। वडा कार्यालय र स्थानीय टोलविकास संस्थाहरुको आयोजनामा वडा कार्यालय परिसर र स्थानिय टोलहरुमा वृक्षारोपण सम्पन्न भएको छ । पोखरा महनगरपालिकाको ‘ग्रिन सिटि क्लन सिटि’ अवधारणा अनुसार वृक्षारोपण गरिएको हो  विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै वडा नं। ३० का वडाध्यक्ष श्रीराम पोख्रेलले मानव स्वास्थ्य र वातावरण संरक्षणको लागि वृक्षारोपण गर्न जरुरी रहेको र वृक्षारोपण गरि वडालाई हरियाली वडाको रुपमा विकास गर्ने योजना रहेको वताए ।वृक्षारोपणमा कपुर, आशोक लगायतका गरि ३० भन्दा वढि विरुवाहरु रोपिएको थियो । वडाध्यक्ष पोख्रेलले विभिन्न चरणमा गरिने वृक्षारोपण कार्यक्रम अन्तर्गत सिहोलो  चरणमा ६ वटा टोल विकास संस्था रहेका सडक किनाराहरुमा वृक्षारोपण गरिने र त्यसपछि ‘एक घर एक विरुवा’ अवधारणा अन्र्तगत अन्य टोलहरुमा पनि वृक्षारोपण कार्य गरिने वताए ।

वृक्षारोपण का लागि वडा कार्यालय र स्थानिय टोलविकास संस्थाहरु शिव मन्दिर टोल विकास संस्था, जनसेवा टोल विकास संस्था, शान्ति चोक टोल विकास संस्था, शान्ति नगर टोल विकास संस्था, श्रृजनशिल टोल विकास संस्था, देउरालीखोला टोल विकास संस्था को सहकार्यमा कार्यक्रम गरिएको वडा सदस्य सोमलाल कँडेलले जानकारी दिए  कार्यक्रममा वडा सदस्यहरु चोलाप्रसाद बराल, शारदा बाँस्तोला, रमा नेपाली टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु र स्थानिय सर्वसाधारणहरुको उपस्थिति रहेको थियो  वडाध्यक्ष श्रीराम पोख्रेलको अभिभावकत्वकमा सम्पन्न कार्यक्रममा स्वागत वडासचिव तथा कार्यक्रम अधिकृत दुर्गा न्यौपानेले गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सह–सचिव दिपक कोईरालाले गरेको थिए ।

 

 

 

 

 

 

Related Articles

Close