मनोरञ्जनसमाचार

पोखरामा गाइजात्रा प्रतियोगिता हुँदै

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, साउन ३२ ।
पोखरा महेन्द्रपुल तय मचाः समितिले गाइजात्रा प्रतियोगिता आयोजना गरेको छ । पोखराको बुद्धविशाल बजामा शनिवार हुने प्रतियोगितामा विभिन्न स्थानबाट ३० वटा समूहको सहभागिता हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुने समुहलाइ ३० हजार, द्धितिय हुने समुहलाइ, २० हजार, तृतिय हुने समुहलाइ १५ हजार र सान्त्वना हुने समुहलाइ ५ हजार र प्रमाण पत्र प्राप्त गर्ने कस्की नेवा खलका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार देखि सुरु भएको छ । विभिन्न कार्यक्रम आयोजना गरी एक वर्ष्भित्र दिवंगत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसै विच पोखरा महानगरपालिका वडा नं.११ को रानीपौवा ताय ः मचाः नाच समितीले शुक्रबार गाइ जात्रा प्रदर्शन गरेको छ । रानीपौवाबाट शोभा यात्रा सुरु गरी ११ नं.वडाका चोक चोकमा गाइजात्रा प्रदर्शन गरिएको हो भने शितलादेवीमा विसर्जन गरिएको थियो ।
प्रत्येक वर्ष गरिंदै आएको गाइजात्रा शुक्रबार नेवारी भेषभुषामा सजिएका युवा युवतीहरुले परम्परागत रुपमा गाइजात्रा देखाएका थिए भने स्वर्गीय सेतुली देवी कर्मचार्यको स्मृतिमा उनका छोराहरु रमेश कर्मचार्य र कल्याण कर्मचार्यद्धारा रामायणको शोभा यात्रा समेत निकालिएको थियो । ३६५ दिनमा गाइजात्राको दिन स्वर्गको ढोका खुला हुने र मृत्यूवरण गरेका मृत आत्मलाइ स्वर्गको ढोकामा प्रवेश गराउने विश्वास रहेको समितिका सदस्य सुवास तझ्याले बताए ।

Related Articles

Close