राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल असार १ गते। शुक्रबार। इश्वी सन २०१८ जुन १५ तारिख। नेपाल संवत ११३८ । ज्यष्ठ शुक्लपक्ष, द्धितीया तिथि
पं. कृष्ण प्रसाद लामिछाने , ९८५६०३९७५१
मेष
लाभदायक यात्रा रहला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ ।
बृष
परिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । मिहिनेत गर्दा प्रगति हुनेछ ।
मिथुन
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।
कर्कट
मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । बिवाद एवं चिन्ता बढ्नेछ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।
सिंह
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
कन्या
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ ।
तुला
लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ ।
बृश्चिक
हल्लाको भर पर्दा दुख पाइने छ गरेका काममा ढिलासुस्ती हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
धनु
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आºनो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ ।
मकर
श्रमको उचित मुल्याङन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कुम्भ

आत्मिक सन्तुष्टि मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ ।

मीन

अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।

Related Articles

Check Also
Close
  • राशिफल
Back to top button