राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल असार ६ गते। बुधबार। इश्वी सन २०१८ जुन २० तारिख। नेपाल संवत ११३८ ज्येष्ठ शुक्लपक्ष। सप्तमी तिथि
पं. कृष्ण लामिछाने, ९८५६०३९७५१
मेष
सुरुमा हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। तापनि लगनशीलताले फाइदा दिलाउनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
बृष
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्।
मिथुन
फाइदाका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तापनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ।
कर्कट
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिए पनि अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ।
सिंह
खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। विशेष अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ।
कन्या
व्यवसायमा लगानी बढाउने समय छ। आकस्मिक खर्च बढ्नेछ तर आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।
तुला
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि ईष्र्या गर्नेहरूले फसाउन सक्छन्। आफन्तहरू टाढिनेछन्।
बृश्चिक
चुनौतीपूर्ण काममा खटिनुपर्ने समय रहेकाले अलि सावधान रहनुपर्ला। जिम्मेवारी पनि बढिरहनेछन्। तर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
धनु
चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले जिम्मेवारी पनि दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मकर
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला, दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ।
कुम्भ
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ।
मीन
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मध्याह्नपछि विभिन्न अवसर प्राप्त हुनुका साथै स्थितिमा सुधार आउनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

Related Articles

Check Also
Close
Back to top button