राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल असार १३ गते , बुधबार । इश्वी सन २०१८ जुन २७ तारिख । नेपाल सम्वत ११३८ । ज्येष्ट शुक्लपक्ष । चतुर्दशी तिथि ।
पं.कृष्ण लामिछाने ।

मेष

मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

प्रेममा मनमुटाव रहला ।

बृष

मिष्ठान्न भोजन प्राप्ति होला । कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुन

आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

कर्कट

विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

सिंह

आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । अनावश्यक धन खर्च होला । मनमा सङ्का उत्पन्न हुनेछ ।

कन्या

वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला । मंगल कार्यको योगछ । नयाँ काम वा रोजगार पाईनेछ ।

तुला

श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । अरुको मन जित्न सकिनेछ ।

बृश्चिक

कार्यसिद्धि हुने अवसर मिल्नेछ । अतिथीको सेवा होला । मुद्धा मामिलामा विजयी पाप्त हुनेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्छ ।

धनु

झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । मानसिक चिन्ता बढ्नेछ ।

मकर

धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

कुम्भ

कार्य सम्पादनमा समस्या आउला । पारिवारीक झमेला रहला । सरकारी निकाएको भय रहला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

मीन

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पठनपाठनमा प्रगती हुनेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

Related Articles

Check Also
Close
Back to top button