अन्य

कोरोनाबारे जानकारी दिने सरकारी ‘वेब पोर्टल’

Spread the love

काठमाडौं । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डटकम (http://www.danphehealth.com/) सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसबारे सही जानकारी तथा सूचना उपलब्ध गराउन नयाँ वेब पोर्टल एप्लिकेसन सञ्चालनमा ल्याएको स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेमबहादुर कार्कीले जानकारी दिए । “सूचना र ज्ञान सीप आदान–प्रदान गर्न डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौं । शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आएको छ,” उनले भने ।
डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थयकर्मी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध धेरै व्यक्तिहरूको कोभिड १९ बारे उत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।
“विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको विषयमा जानकारीहरू ल्याइरहेको छ । यसैगरी सरकारले यस वेबसाइटमार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरूको ज्ञान र सीप आदानप्रादन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ,” उनले भने ।

आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको लर्निङ पोर्टलमार्फत सरकारले डाक्टर तथा हेल्थ वकर्सहरूलाई अनलाइन ट्रेनिङको व्यवस्थासमेत गर्नेछ । डाँफे हेल्थ डकटकम लग इन गरे पछि कोभिड १९ मा क्लिक गरेर डाइरेक्ट लगइनमा क्लिक गरी युजर आईडी तथा पासवर्डबिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

Related Articles

Back to top button