अन्य

गुडिरहेको बाईकमा करेण्टको तार खसेर घाईते भएका विष्णु बस्ताकोटीको निधन

Spread the love

पोखरा । सडक माथि टांगिएको करेन्टको तार एक्कासी गुडिरहेको बाईक माथि खस्दा पोखरा लेखनाथ २० भलाम विष्णु बस्ताकोटी गम्भीर घाइते भए । गत साउन २६ गते पोखरा ११ रानीपौवामा भएको दुःखद दुर्घटना थियो । विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको गम्भिर लापरबाहीको शिकार उनी बने । बस्ताकोटीलाई दुई दिनपछि मणिपालमा उपचार सम्भव नहुँदा काठमाडौंको ग्राण्डी अस्पताल रिफर समेत गरियो । तर उपचारकै क्रममा साढे दुई महिनापछि उनको निधन भएको छ ।

Related Articles

Back to top button