अन्य

करोड बढी खर्च गर्दा पनि छोरो नबाँचेपछि परिवारको यस्तो हालत (भिडियो)

Spread the love

कास्कीको भलामका एक युवाको यस्तै दुःखद निधन भएको छ । मोटरसाइकल चढेर घरततर्फ जांँदै गर्दा बिजुलीको तार चुँडिएर लाग्दा गम्भीर घाइते भएका विष्णु बस्ताकोटीको उपचारका क्रममा शुक्रबार काठमाडौँ धापासीस्थित ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा मृत्यु भएको हो ।
गत साउन २६ गते पोखरा लेखनाथ महानगरपालिका–२० भलामका वस्ताकोटी पोखरा रानीपौवाको बाटो हुँदै घरतर्फ जाँदै गर्दा बिजुलीको नाङ्गो तार खसेर लाग्दा गम्भीर घाइते भएका थिए । तीन महिनासम्म उनको उपचार गर्दा ग्राण्डी अस्पतालमा १ करोड ११ लाखको बिल आएको परिवारजनले दैनिक नेपाललाई बताए । विद्युत प्राधिकरणको लापरबाहीका कारण उनको ज्यान गए पनि प्राधिकरणले ११ लाख रुपैंयामात्र दियो । तर, उनको उपचारमा परिवारले १ करोड रुपैंया जुटाएको बताइएको छ ।
दैवको लीला, त्यति गर्दा गर्दा पनि परिवारले विष्णुलाई बचाउन सकेन् । विद्युत प्राधिकरणको लापरबाहीका कारण अकालमै उनको ज्यान गएको छ । विष्णुको निधनले कास्कीको भलाम यतिबेला शोकमा डुबेको छ ।

Related Articles

Back to top button