मनोरञ्जन

चर्चित फिल्म ‘ऐश्वर्य’की नायिका दीपिका प्रसाईको आज जन्म दिन, जन्मदिनको दिन नै यस्ता रहस्य सार्वजनिक

Spread the love

काठमाडौं । चलचित्र ‘ऐश्वर्य’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी दीपिका डेब्युमै हिट भएकी नायिका दीपिका प्रसाईको आज जन्म दिन । २०५३ कात्तिक २२ गते कैलालीको धनगढीमा जन्मिएकी दीपिका आजकै दिनबाट २१ वर्षमा लागेकी छिन् । एकातिर डेब्यू चलचित्र नै हिट भएकी सुन्दरी नायिकालाई फिल्मको बधाई लिन भ्याई नभ्याई छ भने अर्कोतिर जन्मदिनको शुभकामना थाप्न फुर्सद नै छैन ।

२०५३ कात्तिक २२ गते कैलालीको धनगढीमा जन्मिएकी दीपिका बाल्यकालदेखि नै कला भनेपछि हुरुक्कै हुने गर्थिन् । २१ वर्षको कलिलो उमेरमा नै राम्रो अभिनय गरेर वाहवाही बटुलीरहेकी ऐश्वर्य’ गर्ल दीपिकाले आज आफ्नो २१ औँ जन्मदिन मनाइरहँदा चौतर्फी ऐश्वर्यमा गरेको दमदार अभिनयका कारण तारिफ बटुलिरहेकी छिन् । थुप्रै मोडलिङ र फेसन प्रतियोगितामा भाग लिइसकेकी दीपिका स्नातोकोत्र गर्दैछिन् ।

Related Articles

Check Also
Close
Back to top button