समाचार

ढिलासुस्ती र अनियमिततालाई हेरेर सरकार नबस्ने

Spread the love

जेठ ७, काठमाडौँ ।
ठेक्का लिएर ढिलासुस्ती तथा कमसल काम गर्ने ठेकेदारविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने भएको छ । सोमबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डललाई गृहमन्त्री रामबहादुर थापाले विगतका कमी कमजोरी सच्याउन आग्रह गर्दै सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर नबस्ने बताए।निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि गृहमन्त्री थापाले अब त्यस्तो रकम नदिन व्यवसायीलाई निर्देशन दिए। उनले काम गर्दा कर्मचारी वा ईञ्जिनियरले घुस मागेको सूचना दिए तत्कालै जेल हाल्ने बताए।गृहमन्त्री थापाले नियतवस फाईल अड्काएर राख्ने कर्मचारीलाई कारवाही गरिने स्पष्ट पारे।
व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले खरिद ऐनका कारण निर्माण कार्यमा ढिलासुस्ती हुने गुनासो आएको भन्दै आवश्यकता अनुसार ऐन संसोधन गरिने बताए।व्यवसायीहरुले यातायात क्षेत्रको सिण्डिकेट हटाएकोमा गृहमन्त्रीलाई धन्यवाद दिँदै निर्माण सामाग्री उत्पादनमा समेत केही व्यवसायीको सिण्डिकेट रहेको भन्दै हटाउन गृहमन्त्रीको ध्यानाकर्षण गराए। आवश्यकता अनुसार बालुवा, गिटी नपाईने, फलामे डण्डीको बढ्दो महंगी, सरकारी ढिला सुस्ती र लापरवाही, चन्दा दिनुपर्ने, घुस खुवाउनुपर्ने लगायतका समस्याका कारण आफुहरुले भनेअनुसारको काम गर्न नसकिरहेको गुनासो निर्माण व्यवसायीहरुले गृहमन्त्रीसँग राखेका थिए। उनीहरुले गृहमन्त्रालयले ठेकेदारहरुलाई पक्राउ गर्न तयारी गरेको भनि आएको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै सो कार्य नगर्न गृहमन्त्रीसँग आग्रह गरेका थिए।

Related Articles

Close