राशिफल

राशिफल

Spread the love

वि.सं. २०७५ साल असोज २ गते। मंगलबार। इश्वी सन् २०१८ सेप्टेम्बर १८ तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– नवमी,

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अध्यात्मभाव जागृत हुनाले धर्मकर्म तथा समाजसेवामा प्रवृत्त भइनेछ। परिस्थितिवश रोकिएका काम सम्पादन हुनेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्य कमजोर रहनाले आत्मबलमा कमी आउन सक्छ। फजुल खर्च बढ्नेछ भने सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अत्यावश्यक काम छोडेर पनि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। सानो कमजोरीले प्रतिफल गुम्न सक्छ, सजग रहनुहोला। अप्ठ्यारो स्थितिमा पनि शुभचिन्तकहरूको साथ पाइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

काममा समय लागे पनि मनग्गे लाभ हुनेछ। परिश्रम परे पनि लक्ष्यमा पुग्न सकिनेछ। आँटले चुनौतीका पर्खाल नाघ्न सकिनेछ। शत्रु र प्रतिस्पर्धीहरूलाई उछिन्ने मौका छ। आहारविहारमा ध्यान दिनुहोला, स्वास्थ्यमा सुधार आउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

समयमा काम नगर्ने बानीले पछि परिने हुँदा समयमै सजग रहनुहोला। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। केही विलम्ब भए पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा धेरै समय दिन नसके पनि सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

घरेलु काममा अल्झनुपर्नेछ। आत्तिने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। आवश्यक पर्दा साथीभाइ र शुभचिन्तकहरू टाढा हुनेछन्। बेसुरमा वचन दिने बानीले पनि समस्या निम्त्याउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत थपिनुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। पहिलेकै काम दोहोर्याउनुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। व्यवसायमा मनग्गे धनलाभ हुनेछ। लगानीले दिगो फाइदा दिलाउनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मिहिनेत परे पनि आँटेको काम बन्नाले उत्साहित भइनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र अभिव्यक्ति कलामा निखारता आउनेछ। कर्मयोगले दैनिकीमा सुधार ल्याउनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

प्रियजनसँगको भेटघाटले दिन रमाइलो बन्नेछ। जमघटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका आफन्तसँग पुनर्मिलन हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भैपरी आउने खर्चले धन अभाव हुनेछ। समय दिन नसक्दा बन्न लागेको काम पनि बिग्रन सक्छ। विचार नमिल्नाले आफन्तसँग टाढिनुपर्ला। कुरा लगाउनेहरूको विश्वासमा पर्दा छिमेकमा असमझदारी बढ्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मिहिनेत गर्दा आयआर्जनका काम सम्पादन हुनेछन्। तर उठ्नुपर्ने रकम हातलागी हुन केही समय पर्खनुपर्ने देखिन्छ। तत्कालका आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। कर्जाको धन भने प्राप्त हुनेछ। व्यापारमा मालमत्ता उधारो बिक्री गर्नुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

समय लागे पनि चिताएको काम सम्पादन हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि पनि कामको जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा ठूलै व्यक्तिको साथ पाइनेछ।

 

 

Related Articles

Check Also

Close
Close