समाचार

शैक्षिक माफियाबाट शिक्षा क्षेत्रलाई मुक्त गर्न शसक्त आन्दोलन ः हिस्टुनका केन्द्रिय अध्यक्ष न्यौपाने

Spread the love

ऋषिराम रानाभाट
पोखरा, १९ जेठ ।
माध्यमिक विद्यालय शिक्षक युनियनका केन्द्रिय अध्यक्ष पुष्प न्यौपानेले समग्र शैक्षिक क्षेत्रलाई माफियाको हातबाट मुक्त गर्नका लागि वृहत आन्दोलनको आँधिवेहरी सृजना गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशद्धारा प्रविधिमैत्री भर्चुल माध्यमबाट सम्पन्न भएको विस्तारित बैठकमा न्यौपानेले उक्त कुरा बताए । शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोग संगठनका मागहरु प्रति सकारात्मक हुदा पनि सरकारको निति तथा कार्यक्रममा संगठनका मागहरुलाई सम्बोधन नगर्नु, सामुदायिक विद्यालय निज विद्यालयको जिम्मा दिने जस्ता नितिले कहिं कतै समग्र शिक्षा क्षेत्र माफियाको हतामा गएको भान भएको व्यक्त गर्दै यसका लागि सबै जिल्ला, प्रदेशबाट केन्द्रलाई सहयोग गर्न आग्रह गरे ।
साविक उच्च माविमा कार्यरत शिक्षकहरु, राहतमा कार्यरत शिक्षकहरु, वालविकासमा कार्यरत शिक्षहरुको पेशागत हकहितको सुनिश्चिताका लागि हिस्टुन एक भएर जानुपर्ने बताउँदै जिल्ला, प्रदेशले हातमा हात , काँधमा काँध मिलाएर अगाढि बढ्न सकेमा संगठनका मागलाई स्थापित गराउन सकिने विचार व्यक्त गरे । अहिलेको विषम परिस्थितिमा विभिन्न सञ्चारका माध्यमबाट, सामाजिक सन्जालबाट संगठनका मागहरु प्रस्तुत गरिएको बैठकमा जानकारी गराए ।
हिस्टुनका केन्द्रिय उपाध्यक्ष दिपक अर्यालले हिस्टुनले प्रविधिको माध्यमबाट आपपसमा वृहत छलफल गरी संगठनात्मक रुपमा एकताबद्ध भएर अगडि बढ्नुपर्ने आवश्यकतामा जोड दिंदै संगठनलाई मजबुत बनाउँदै अनलाइन प्रविधिको माध्यमबाट संगठनका मागहरु स्थापित गराउन सकने बताए ।
यसै गरी गण्डकी प्रदेशका सल्लाहकार देव शर्माले एकले अर्कालाई दोषारोपण गर्नु भन्दा पनि संघ , महासंघ सँग पनि समन्वय गरी संगठनका मागहरु स्थापित गराउन ध्यान दिनुपर्ने कुरा बताए ।
केन्द्रिय कमिटिका वरिष्ट उपाध्यक्ष कल्पना पनेरुले कोराना भाइरसका कारण सबै क्षेत्र अन्योलको अवस्थामा रहेको भन्दै सरकारको निति तथा कार्यक्रम र बजेटमा साविक उच्च माविका शिक्षकहरुका पेशागत हक हितका लागि कुनै पनि कार्यक्रमहरु समावेश गरिएकाले केन्द्रिय कमिटीले एथासक्य पहल गर्नु पर्ने बताइन् । प्रदेशहरुले केन्द्रलाई घच्घचाउनुपर्ने बताइन् । केन्द्रिय कमिटिका उपाध्यक्ष दिपक अर्याल, केन्द्रिय महासचिव अर्जुन भुषाल, गण्डकी प्रदेशका इन्चार्ज शिवलाल उपाध्याय, प्रदेश नं.२ का अध्यक्ष शत्रुधन मुखिया, कर्णाली प्रदेशका अध्यक्ष अनन्त राज पन्त श्यांजा जिल्लाका अध्यक्ष हरिकृष्ण, महेन्द्र पौडेल,
गण्डकी प्रदेशका उपाध्यक्ष हिरा कंडेल, गण्डकी प्रदेशका सल्लाहकार पुनम बस्नेत, रामजिवी बन्जरा लगाएतले सरकारले साविक उच्च माविका शिक्षकहरुको सवालमा निति तथा कार्यक्रममा नसमेएिको कुरा गर्दै यसको लागि केन्द्रले पहल गर्नु बताउँदै स्थानिय, जिल्ला, प्रदेश हुँदै संघिय सरकारलाई साविक उच्च माविका कार्यरत शिक्षकहरुको पेशागत सुनिश्चिताका लागि संघिय सरकारलाई घचघचाउनुपर्नेमा जोड दिएका छन् ।
यसै गरी गण्डकी प्रदेशका अध्यक्ष शंकर तिवारीले नयाँ प्रवृधिको माध्यमबाट सम्पनन विस्तारित बैठकले शिक्षा मन्त्रालय, केन्द्रलाई दबाब दिएको बताउँदै अनुदानमा रहेका शिक्षकहरुलाई दरबन्दिमा कायम गर्न बर्तमान निति तथा कार्यक्रममा नसमेटिएको हुनाले सबै प्रदेशका संगठनहरुलाइ मजबुत बनाउँदै शसक्त आन्दोलन गनुपर्ने आवश्यकता भएको बताउँदै बैठकमा उपस्थित केन्द्रिय पदाधिकारी लगाएत सम्पूर्ण शिक्षकहरुलाई धन्यवाद दिएका थिए ।
डिल्लिराज उपाध्ययले स्वागत गरेका थिए भने गण्डकी प्रदेशका सह सचिव मदन सुवेदीले कार्यक्रम सन्चालन गरेका थिए ।

Related Articles

Back to top button