समाचार

रत्न शोभामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Spread the love

रत्न शोभामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ऋषिराम रानाभाट
माझठाना, १८ जेठ ।
पोखरा महानगरपालिका वडा नं.२८ मा रहेको रत्न शाभा माध्यमिक विद्यालयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतियोगिता प्रफुष्टन गर्ने उद्धेश्येले कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि कक्षा १० सम्म गरी दुइ समुहमा प्रतियोगिता गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कक्षा १ देखि ५ सम्म को प्रतियोगितामा शिक्षिता तिवारी प्रथम , सबिन केसी द्धितिय, सृष्टि केसी तृतीय र अनुसा जिसी सान्त्वना भएका छन् । यसै गरी शिक्षकहरु उदयराज ओझा, कुल प्रसाद तिमिल्सिना र कमला पौडेल निर्णायक मण्डल रहेको कक्षा ६ देखि कक्षा १० सम्मको कार्यक्रममा सजीना गिरी प्रथम, रबिना बास्तोला द्धितिय , सचिन्द्र भुर्तेल तृतीय र सोमिया परियार सान्त्वना भएका थिए ।
कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख यदुनाथ पाण्डेले सहभागीहरुले पालना गर्नुपर्ने नियमहरु सम्बन्धि स्पष्ट पार्दै कार्यक्रम माथि प्रकाश पारेका थिए । यसै गरी शिक्षकहरु अर्जुन घिमिरे, राजन न्यौपाने, पूर्ण बहादुर खत्री लगाएतले कार्यक्रमको समन्वय गरेका थिए भने कक्षा १ देखि कक्षा ५ सम्म शिक्षाको महत्व विषय रहेको थियो । कक्षा ६ देखि कक्षा १० सम्मको समूहका लागि लैंगिक समानता विषय रहेको भने कार्यक्रम सन्चालन शिक्षक ऋषिराम रानाभाटले गरेका थिए।

Related Articles

Close