समाचार

लेखनाथमा पूर्व प्रहरी संगठन इकाइ समिति गठन

Spread the love

लेखनाथ, १२ माघ ।
नेपाल पूर्व प्रहरी संगठन इकाइ समिति लेखनाथको गठन गरिएको छ । पूर्व नेपाल प्रहरीहरुको एकता आजको आवश्यकता भन्ने मूल नाराका साथ साविक लेखनाथ नगरपालिका र रुपा गाउँपालिकामा रहेका पूर्व प्रहरीहरुको एक भेलाले उक्त समिति गठन गरिएको हो । मधुकर न्यौपानेको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा पूर्ण बहादुर थापा, सचिवमा कृष्ण प्रसाद तिमिल्सिना, कोषाध्यक्षमा राजेन्द्र प्रसाद रानाभाट रहेका छन् ।

पुर्बप्रहरी तथा समाजसेबी मधुकर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको भेलाले बुद्धिराज बराल, कृष्ण प्रसाद तिमिल्सिना, गणेश बसौला, उक्तविर गुरुङ र यम बहादुर रानाभाटलाइ समितिको सदस्यहरुमा चयन गरेको भछ । यसै गरी सल्लाहकारमा भुपु प्रहरी निरिक्षक विश्वनाथ पौडेल र पूर्व प्रहरी हवल्दार राधाकृष्ण पौडेल रहेका छन् । पूर्व प्रहरीहरुको हक हितका लागि काम गर्दै समाजमा शान्ति कायम गर्नका लागि नेपाल प्रहरीको , स्थानिय तह र सामुदायिक प्रहरी सँग समन्वय गरी अगाढि बढ्ने उद्धेश्ये रहेको सचिव कृष्ण प्रसाद तिमिसिनाले जानकारी दिए ।

Related Articles

Close