समाचार

आत्महत्याको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Spread the love

काठमाण्डौ, २२ असार ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न अनुरोध गरेको छ ।

पछिल्लो एक हप्तामा दाङ र चितवनका दुई महिलाले आत्महत्या गर्दा फेसुबकमा लाइभ गरेका थिए । यस विषयमा ध्यानाकर्षण भएको बताउँदै यस्ता घटनाको भिडियोले आत्महत्यालाई अझ बढी प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकरात्मक असर पर्ने हुनाले यस्ता भिडियोहरु सेयर नगर्ने र देखेपनि फेसबुकलाई तत्काल रिपोर्ट गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आत्महत्याको सोच वा योजना गम्भीर भावनात्मक संकट हो जुन जोकोहीलाई पनि यस्तो सोच आउन सक्छ र परिवारको विश्वासिलो सदस्य र साथीभाइलाई आफ्नो कुरा भन्न अनुरोध गरे ।

Related Articles

Close