अन्य

पर्वतको फलेवासमा विपन्न तथा मजदुरका परिवारहरुलाई आर्थिक सहयोग

Spread the love

२४ चैत, पर्वत। पर्वतको फलेवासमा रहेको सातकुरिया फलेवास बौद्धिक युथ सोसाईटीले विपन्न तथा मजदुरका परिवारहरुलाई सहयोगार्थ रु २५ हजार ७ रुपैया आर्थिक सहयोग गरेको छ ।
फलेवास नगरपालिकाले स्थापनाले गरेको विपद कोषमा सोसाईटीले उक्त रकम सहयोग गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरका कारण लामो समय मुलुक लकडाउनमा रहेको छ । यस्तो बेला विपन्न, तथा मजदुरका परिवारहरु दैनिक चुल्हो बाल्न समेत समस्यामा परेका बेला थोरै भएपनि राहत पुगोस भनेर रकम सहयोग गरिएको सोसाईटीका संयोजक विनोद पौडेलले जानकारी दिनुभयो ।
कर्म गरौ सबै ठाँउमा, केही गरौ आफ्नै गाउँमा भन्ने मूल मन्त्रका साथ स्थापना भएको सातकुरिया फलेबास बौद्धिक युथ सोसाइटीका विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत सो रकम जम्मा गरेको संयोजक पौडेलले जानकारी दिनुभयो । सोसाईटीमा हाल २७ जना सदस्य रहेको यस संस्थाले आगामी दिनहरूमा पनि फलेबास क्षेत्रमा सामाजिक कार्यहरू अगाडि बढाउने जानकारी समेत सोसाईटीले दिएको छ । चेक हस्तान्तरण गर्दै सोसाईटीका सदस्य बिज्ञान शर्माले यो सहयोग हाम्रो पहिलो प्रयास रहेको र आगामि दिनमा समेत हाम्रो नगरपालिलाई पुर्ण सहयोग रहने प्रतिबद्धता ब्याक्त गर्नुभयो ।

साथै उक्त सहयोग ग्रहण गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले विपन्न, र मजदुर तथा गरिब परिवारहरु लामो समयको लकडाउनका कारण समस्यामा परकोे बताउँदै उनिहरुलाई पारदर्शि ढंगवाट राहत वितरण गरिने बताउनुभयो । उहाँले सहयोग गर्ने संस्थालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
फलेवास नगरपालिकाले रु ३५ लाखको विपद कोष स्थापना गरेको छ । उक्त कोषमा विभिन्न क्षेत्रवाट आर्थिक सहयोग र खाद्यान्न संकलनको क्रम जारी रहेको छ ।

Related Articles

Back to top button