समाचार

रत्न शोभामा विदाइ कार्यक्रम सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
माझठाना, २० बैशाख ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभा माध्यमिक विद्यालयमा शिक्षकहरुको विदाइ कार्यक्रम सम्पन्न भयो । आधारभुत तथा माध्यमिक तहमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरु श्याम बहादुर केसी, मित्रलाल बास्तोला, त्रिलोचन तिवारी, केशव राज अधिकारी र शिक्षिका सविना लामिछानेको एक कार्यक्रमका विच विदाइ कार्यक्रम गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले आफ्नो जिवन नै शिक्षा क्षेत्रमा विताइ अवसकार भएका शिक्षक शिक्षिकाहरुको योगदानको विद्यालयले उच्च मुल्याङ्कन एवम् सम्मान गर्ने बताउँदै आगामी दिनमा पनि अवकास भएका शिक्षक शिक्षिकाहरुको विद्यालय प्रतिको सकारात्मक सल्लाह एवम् सुझावको अपेक्षा गरे ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष इमान बहादुर गुरुङ, विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका सदस्य लालमोहन तिवारी, विदाइ भएका शिक्षकहरु श्याम बहादुर केसी, मित्रलाल बास्तोला, केशव राज अधिकारी, त्रिलोचन तिवारी र शिक्षिका सविना लामिछानेले आगामी दिनमा विद्यालयको शैक्षिक उन्नयन तथा भौतिका विकासका लागि सहयोग गर्ने बताउँदै विद्यालयको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षिका दुर्गा सापकोटाले स्वागत गरेकी थिइन् भने विद्यार्थी सजिना गिरीले कविता वाचन गरेको कार्यक्रमको सन्चालन शिक्षक ऋषिराम रानाभाभटले गरेका थिए ।

Related Articles

Close