समाचार

फेवा वेगनासको अध्यक्षमा ढकाल

Spread the love

पोखरा, २८ चैत्र ।
लायन वर्ष २०१९÷२० का लागि लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको अध्यक्षमा टंक ढकाल निवार्चित भएका छन ।
सर्वसम्मतरुपमा चयन भएको क्लबको आइपिपिमा विधान गौतम, प्रथम उपाध्यक्षमा शंकर पाण्डे, द्वितीय उपाध्यक्षमा महेश्वर रिमाल, तृतीय उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा कृष्ण प्रसाद आचार्य, क्लब एडमिनिस्टेटरमा सागर बराल, कोषाध्यक्षमा राजेश ढुंगाना, सहसचिव चित्र गुरुङ र सहकोषाध्यक्षमा टिका बहादुर लम्साल रहेको निर्वाचन संयोजक तथा क्लवका संस्थापक अध्यक्ष समेत रहेका जोन चियर पर्सन सन्तोष घिमिरेले बताए ।
यसैगरी मेम्वरसिप चेयर पर्सनमा अनुप बराल, एलसिआइएफ कोअर्डिनेटरमा महेश सुनार, मार्के्टिङ कम्युनिकेसनमा घनश्याम आचार्य, सर्भिस चेयरपर्सनमा टिकाराम पराजुली रहेका छन् । यसैगरी निर्देशकमा सुनिल बस्नेत, प्रदिप ओझा, सुरेश कुँवर तथा सदस्यमा जीवन कार्की, सन्दिप बुढाथोकी, मोती पौडेल चयन भएका छन् । क्लबको सल्लाहकारमा संस्थापक अध्यक्ष सन्तोष घिमिरे, पुर्व अध्यक्ष पुरुषोत्तमराज भण्डारी र ऋषिराम भण्डारी रहेका छन् ।
क्लबका लायन वर्ष २०१८र१९ का अध्यक्ष विधान गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ड्रिस्टिक डेपुटी डिर्पाटमेन्ट चिफ बालकृष्ण बराल, रिजन चेयर पर्सन विधता द्धा, जोन चियर पर्सन सन्तोष घिमिरे र दुर्गा कुमारी आचार्य, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जीत बहादुर थापा गोपाल, नर्व्निर्वा्चित अध्यक्ष टंक ढकाल, वर्तमान सचिव राजाराम पौडेल लगायतले बोलेका थिए ।

Related Articles

Check Also

Close
Close