अर्थ खबर

चलचित्र निर्माता वाग्लेलाइ कानुनी कारबाही अघि बढाउन राष्ट्र बैंकको निर्देशन

Spread the love

काठमाण्डौ, ६ जेठ ।
चलचित्र निर्माता माधवराज वाग्लेको कोठाबाट बरामद भएको साढे २ करोड रुपैयाँ बराबरको नोट जाली भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ । यसअघि २ जेठमा काठमाडौं–१, चारढुंगेस्थित वाग्लेको कोठामा छापा हान्दा प्रहरीले एक हजार दरको दुई करोड ५२ लाख रुपैयाँ बराबरको नोट बरामद गरेको थियो । उनले त्यो नोट फिल्म प्रायोजनका लागि भएको दाबी गरेका थिए ।
उनको साथबाट बरामद नोट नक्कली हो या होइन भन्ने पुष्टि गर्न काठमाडौं प्रहरी परिसरले राष्ट्र बैंकलाई पत्र काटेको थियो । र, जवाफमा बैंकले बरामद नोट जारी भएको उल्लेख गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कारबाहीको अघि बढाउन निर्देशन दिएको छ ।

Related Articles

Back to top button