समाचारसमाजस्थानीय

लायन्स क्लव अफ लेखनाथ सिमसारद्धारा खाद्यान्न सामग्री वितरण

Spread the love

लेखनाथ, साउन १६ । लायन्स क्लव अफ लेखनाथ सिमसारले शनिवरा एक कार्यक्रमका विच खाद्यान्न सामग्री वितरण गरेको छ । क्लका अध्यक्ष कल्पना गुरुङ्गले आफ्नो जन्म दिनको अवसर पारेर पोखरा २७ मा रहेको श्री कृष्ण प्रणामी वृन्दावन धाममा आश्रित बालबालिका हरुलाई एक छाक खाना खुवउनु भएको छ।
क्लवले त्यहाँ आवश्यक खाद्यान्न सामग्रीहरू सहित तीन थान खोल सहितको डसना पनि उपलब्ध गराएको छ। कर्यक्रममा लङ रेन्ज प्लानिङ कमिसन प्रमुख राम बसेलले क्लबले डिष्ट्रिको नारा अनुसार सामाजिक तथा मानविय सेवाका कार्यहरु गरेको पशंसा गर्दै अध्यक्षलाई जन्म दिनको शुभकामना दिनु भएको थियो ।
यसै गरी एल एल चिफ शैलेन्द्र मोहन भट्टराई, डिपार्टमेन्ट चिफ ला सूर्यनारायण बराल, डिपार्टमेन्ट चिफ ला वसुदा भट्टराई, सिनियर ए ओ जी मेजरं राम प्रसाद गुरुङ्ग, डिष्ट्रि पि आर ओ माया बराल, डिष्ट्रिक पि आर ओ मेनुका श्रेष्ठ, रिजोन रिजन चियर पर्सन परमेश्वर बस्ताकोटी, जोन चियर पर्सन तथा निवर्तमान अध्यक्ष शान्ति खनाल लगाएतले लायन्सको वारेमा चर्चा गर्नु भएको थियो ।
यस्तै श्री कृष्ण प्रणामीका गुरु श्री विष्णु बसिष्ट , सञ्चालिका कला गुरुङ लायन्स क्लब अफ लेखनाथका अध्यक्ष राजेन्द्र पौडेल, लायन्स क्लब अफ मेट्रोसिटीका अध्यक्ष बलराम बराल, पोखरा स्टकका अध्यक्ष राजकुमार शर्माले शुभकामना व्यक्त गर्नु भएको थियो । सञ्जु सुवेदीले कार्यक्रमको संयोजन गर्नु भएको कार्यक्रममा क्लबका प्रथम उपा्यक्ष्य शिव गिरी, द्वितीय उपा्यक्ष इन्दिरा ओझा, तृतीय उपाध्यक्ष गीता बराल, प्रशाशक कल्पना तिवारी लगाएतको उपस्थितिमा क्लबका अध्यक्ष कल्पना गुरुङले स्वागत गर्दै कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । क्लबका सचिव चन्द्र सुवेदीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो भने क्लबका प्रथम उपाध्यक्ष शिव गिरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

Related Articles

Back to top button