अर्थ खबरसमाचार

अर्डर गरेको ३० मिनेटमै फुडरा मार्फत खाजा तपाई भएको ठाउँमा

Spread the love

७ फाल्गुन, पोखरा ।

अर्डर गरेको ३० मिनेटमै खाजा तपाइ भएको ठाउँमा आउनेभएको छ । पोखराको न्युरोडमा अवस्थित फुडरा प्रालिले उक्त व्यवस्था गरेको हो ।

बुधबार पत्रकार सम्मलेनको आयोजना गर्दै सञ्चालक सेसिभ भूर्तेलले पोखरामा खाना र खाजाका पारखीलाई लक्षित गरी आफुहरुले फुडरा सञ्चालनमा ल्याएको बताए । व्यस्त दैनिकीमा स्वस्थ खाना र खाजा खुवाउने जिम्मेबारी फुडराको भएको उनले जानकारी गराए । अर्डर गरेको ३० मिनेटमै पोखराका घर वा कार्यालयमा स्वादिलो खाजा पुर्याउने प्रतिबद्धता उनको छ ।

पोखरा भित्र रहेको करिव ५० वटा रेष्टुरेन्टसँग आफुहरुले सहकार्य गर्ने उनले बताए । न्युरोड महानगरपालिका माथि पोखरा फाइन्नसको अपोजिट २० लाख लागतमा निर्माण गरिएको फुडराले बिहान ११ बजेदेखि राती १२ बजेसम्म सेवा प्रदान गर्ने उनले जानकारी गराए ।

१० जना कर्मचारीबाट शुरु गरेको फुडरा निकट भविष्यमा देशका विभिन्न शहरमा सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

फुडरा एक मोबाइल एप्स हो । जसबाट ग्राहकले घर वा कार्यालयमै बसेर सजिलै खाजा अथवा खानाको अर्डर गर्न सक्छन् । खाजा खानाको आइटम लिस्टको मेनु समेत एप्समा रहने भूर्तेलले जानकारी गराए ।

उनका अनुसार अर्डर ट्रेकिङ सिस्टमको समेत व्यवस्था भएको हुँदा खाजा कहाँ आईपुग्यो ? घर वा अफिसमै बसेर हेर्न सकिनेछ । समयको बचतसँगै शुभारम्भको अवसरमा निशुल्क डेलीभरीको व्यवस्था गरिएको उनले जानकारी गराए ।

Related Articles

Check Also

Close
Close