खेलकुुदसमाचारस्थानीय

मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, १४ फागुन– पोखरा महानगरपालिका वडा नं.२८ स्थित रत्न शोाभा माध्यमिक विद्याालयमा मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीहरुको खेलको माध्यमबात शारिरीक तथा मानसिक विकासका लागि आयोजित शुक्रवासरिय कार्यक्रम अन्तरगत कक्षा ९ देखि १२ सम्मका छात्रहरुविच शुुक्रबार मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा कक्षा १२ का सुशान्त कुवरको समूह विजेता बनेको छ भने कक्षा १२ कै विपिन तिवारीको समूह उपविजेता बनेकोा छ। फाइनल राउण्डमा दुइवटै समूहबाट निर्धारित समयमा कुनै गोल नभए पछि पेनाल्टि मार्फत विजेता र उपविजेता घोषणा गरिएको शिक्षक मेघनाथ आचार्यले बताउनु भयो ।


कक्षा ९,१०,११ र १२ गरी  ४ समूह विच भएको सेमिफाइनल प्रतियोगितामा विपिन तिवारीको समूहले कक्षा ९ को समूहलाई पेनाल्टिमा पराजित गरी फाइनलमा प्रवेश गरेको थियो । यसै गरी सुशाान्त कुवरको समूहमा कुवरले २ गोल र अचम्म तिवारीले १ गोल गरी कक्षा १० को समूहलाई ३—० गोल अन्तरले पराजित गरी फाइनलमा पक्का गरेको शिक्षक हुमनाथ अधिकारीले गााउँले मिडियालाई बताउनु भयो ।

Related Articles

Close