खेलकुुदसमाचार

लेखनाथ जुनियर जेसीजको फुटसलको तयारी पुरा

Spread the love

ऋषिराम रानााभाट
लेखनाथ, २८ मंसिर ।
लेखनाथ जुनियर जेसीजले अयोजना गर्ने फुट्सल प्रतियोगिताको तयारी पुरा भएको छ । विभिन्न सामाजिकसेवामा क्रियासिल रहँदै आएको लेखनाथ जुनियर जेसीजले मंसिर २८ गते शनिवरा ५ ए साइड फुटसल प्रतियोगिताको आयोजना गरेको हो । एसियन लाइफ इन्स्योरेन्स मूख्य प्रायोजक रहेको उक्त फुट्सल प्रतियोगिता पोखरा २७ तालचोक स्थित काईट स्पोर्टसको खेलमैदानमा हुने भएको हो भने उक्त फुट्सलमा १४वटा समूहको सहभागीता रहने जुनियर जेसीजका अध्यक्ष सर्वेन्द्र न्यौपानेले बताए ।
लेखनाथ जेसीजको सहयोगमा हुने फुट्सल प्रतियोगितामा प्रथम हुने समूहले नगदर रु १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय हुने समूहले नगद रु ७ हजार , ट्रफी, मेडल, र प्रमाण पत्र पाउने कार्यक्रम संयोेजक जय ओझाले जानकारी दिए । स्वास्थ्यका लागि खेलकुद भन्ने उद्धेश्यलाई आत्मसाथ गर्दै आयोजना गरिएको उक्त फुट्सल प्रतियोगिताले पोखरा तथा लेखनाथका विभिन्न सामाजिक संध संस्थाहरुविचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने लेखनाथ जेसीजका अध्यक्ष रोसन अधिकारीले बताए ।

Related Articles

Close