समाचार

गण्डकी प्रदेशमा थप ३ जनामा कोरना संक्रमण पुष्टि

Spread the love

पोखरा, १८ जेठ ।
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिकामा २७ र ४० वर्षका २ जना र तनहुँको रिसिङ गाउँपालिकामा २८ वर्षका एक पुरूषमा कारोना संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ निर्देशनालयका अनुसार कोरोना संक्रमित तिनै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुगेको छ । त्यसमध्ये बागलुङका २ जना र लमजुङका एक जना डिस्चार्ज भइसकेका छन् ।

Related Articles

Back to top button