समाचारसमाजस्थानीय

पोखरा २८ मा गाँजा फडानी

Spread the love

ऋषिराम रानाभाट
पोखरा, २९ भदौ ।
पोखरा महानगरपालिका वडा नं.२८का विभिन्न स्थानमा आइतबार गाँजा फँडानी गरिएको छ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कालिकाको आयोजनामा र हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाकको सहयोगमा गाँजा फँडानी गरिएको हो ।
पोखरा महानगरपालिका २८ अन्तर्गत माझठानाको रैकर वरिपरी, कंडेल गाउँ, अचमरा, तिवारी गाउँ, सातदोबाटो, भिमसेनटोल लगाएतका स्थानमा रहेका ३ सय गाँजाको बोट फँडानी गरिएको हो ।

सेवा केन्द्रका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता र हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाक प्रहरी नायब निरिक्षक प्रकाश पौडेलको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

विकृति, विसंगती र विक्रिती रहित समाज निर्माणमा समयसमयमा वडावासीलाई सचेत गराउँदै विभिन्न कार्यक्रमहरु गर्द आएको सेवा केन्द्रको उक्त गाँजा फँडानी कार्यक्रममा सामुदायिकका पदाधिकारीहरु , सामुदायिक प्रहरी सेवा कालिका कर्मचारीहरु, हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाका कर्मचारीहरु, स्थानियवासी, युवा क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको सेवा केन्द्रका प्रमुख श्रीराम रानाभाटले गाउँले मिडियालाई जानकारी दिनुु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Close