समाचार

गण्डकी विकास वैक द्धारा मृत्यु दावी रकम वितरण

Spread the love

लेखनाथ २५ कार्तिक ।
गण्डकी विकास बैक लिमिटेड तालचोक शाखा द्वारा समूहमा आवद्ध लघुवित्त कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिका वडा नं। २८, माझठाना निवासी शिव राज भुर्तेललाई विमा दावी वरावरको रकम भुक्तानी गरिएको छ ।
भुर्तेलको श्रीमती गंगा भुर्तेलको गत साउनमा वेगनासतालमा लुगा धुने क्रममा डुवेर निधन भएकोले निजको हकवाला श्रीमान स्व। भुर्तेलले बिगत तिन वर्ष देखि बैंक सँग कारोवार गर्दै आएकोले कारोवार गरे वापतको विमा शुल्क वितरण गरेको वैंकका तालचोक शाखा प्रमुख सन्तोष गुरुङलले जानकारी दिए ।
बैंकले समूहमा आवद्ध सदस्यहरुलाई विना धितो कर्जा प्रदान गर्दा मृत्यु प्रयन्त परिवारका सदस्यहरुलाई आर्थिक व्यय भार नपरोस् भन्ने अभिप्रयले मेटलाइफ विमा कम्पनीसंग सम्झौता गरी सदस्यहरुको व्यक्तिगत विमा गर्दै आएको वैकका प्रमुख कार्यकारी अधिकृत रेशम थापाले जानकारी दिए । उक्त विमा दावी रकम निजको घरै गई स्व। भुर्तेलका परिवारलाई कार्यकारी अधिकृत थापाले रु। चार लाख तेह्र हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।

Related Articles

Close