अन्य

गण्डकी प्रदेशमा मंगलबारदेखि नाका बन्द गर्ने निर्णय

Spread the love

पोखरा, चैत १० । गण्डकी प्रदेशमा छिर्ने सबै नाका बन्द गरी अत्यावश्यक सेवाका सवारी–साधनमात्र प्रवेश गर्न दिइने भएको छ ।

कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठकले मंगलबार (भोलि)देखि लागू हुनेगरी गण्डकी प्रदेशका सबै नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेशको आवश्यकता हेरेर ‘लकडाउन’ गर्नुपर्ने अवस्था आए लकडाउन पनि गरिने बताए ।

पृथ्वी राजमार्गको मुग्लिन पुल, सिद्धार्थ राजमार्गको रामदी पुल, मुस्ताङको कोराला, दक्षिणमा नवलपरासीको त्रिवेणी, दाउन्ने, गैंडाकोट, धादिङको आरुघाटलगायतका स्थानबाट मालवाहकबाहेकका सवारी–साधन छिर्न नदिने निर्णय गरिएको हो ।

यस्तै, पोखरा–५, मालेपाटनस्थित कृषि तालिम केन्द्रको होस्टेललाई पहिलो ‘लेवल’मा ‘क्वारेन्टाइन’को रुपमा विकास गर्ने निर्णय पनि भएको छ ।

Related Articles

Back to top button