समाचार

अन्य प्रदेशबाट आएकालाई गण्डकीमा रोक

Spread the love

बैशाख ५, पोखरा । नोभेल कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशले अन्य अन्य प्रदेशबाट प्रवेश गर्ने व्यक्तिहरुलाई नाकाबाटै फिर्ता पठाउने भएको छ ।

गण्डकी प्रदेश सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुनसक्ने आवतजावतलाई नियन्त्रण गरी सम्बन्धित जिल्ला र स्थानीय तहमा नै क्‍वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाउने, मालबहाक ट्रक वा अन्य अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधनमार्फत अन्य प्रदेशबाट लुकीछिपी आएका मानिस तथा त्यसरी यात्रु ओसारपसार गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा राखिने छन् ।”

प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट भइरहेको राहत वितरण कार्यलाई एकद्वार प्रणालीमार्फत बितरण गर्ने र राहत वितरणमा असंगठित क्षेत्रका मजदुर, श्रमजिवी बर्ग र न्यून आय भएका व्यक्तिहरुलाई निश्पक्ष रुपमा वितरणका लागि प्राथमिकिरण गर्ने र सो को अभिलेख राख्‍नेसमेत प्रदेश सरकारले जनाएको छ ।

जिल्ला तथा स्थानीय तहमा व्यवस्था भएका क्वारेन्टाइन गृहहरुलाई मापदण्ड अनुसार बनाउन निर्देशन दिएको छ ।

Related Articles

Back to top button