समाचार

गण्डकी प्रदेशले आज देखि विविध कार्यक्रम गरी संविधान दिवस मनाउने

Spread the love

पोखरा, २ असोज ।
गण्डकी प्रदेशले विविध कार्यक्रम गरी आज देखि संविधान दिवस मनाउने भएको छ । औपचारिक कार्यक्रम आजबाट सुरु हुने आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । उनका अनुसार सरसफाइ, वृक्षारोपण, ¥याली, रक्तदान, अन्तक्र्रियाका साथै दीपावली गरेर संविधान दिवस मनाउन लागिएको आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।
२ गते पोखरा महानगरपालिकाले कार्यालय, मातहतका कार्यालय र सार्वजनिक स्थलमा सरसफाइ गर्ने तथा राष्ट्रिय झण्डा तथा व्यानर सजाउन प्रदेशले आग्रह गरेको छ । स्कुल तथा क्याम्पसहरुमा संविधान दिवस, राष्ट्रिय झण्डा लगायतका विषयमा वक्तृत्वकला, निवन्ध र हाजिरी जवाफ हुनेछन् ।
३ गते बिहान साढे ७ बजे सहिद चोकस्थित सहिदको शालिकमा माल्यार्पण गरी हातहातमा झण्डा लिएर ¥याली गर्दै सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ । जनप्रतिनिधिलाई राष्ट्रिय पोशाकमा आउन आग्रह गरिएको मन्त्रालयले जनाएको छ । दिउँसो संविधानका विविध पक्षमा अन्तक्र्रिया, अन्तरसंवाद र छलफल कार्यक्रम गरिने बताइएको छ । ४ गते वृक्षारोपण, रक्तदान, लगायतका कार्यक्रम गर्न आग्रह गरिएको प्रदेश सरकारले जनाएको छ ।

Related Articles

Close