गण्डकी प्रदेशसमाचारस्वास्थ्य

गण्डकीमा १३ कोरोना संक्रमित थपिए

Spread the love

असार १०, पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले बुधबार साँझ ६:४५ बजे सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ १३ जनामा संक्रमण भएको पाइएको हो ।

प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ७४२ पुगेको छ ।

Related Articles

Back to top button