समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा फेरि थपिए ३० जना (Kovid-19 update)

Spread the love

असार ४, पर्वत : गण्डकी प्रदेशमा एकै दिन ७७ जनामा कोरोना संक्रमण थपिएको छ। आज मनाङमा पहिलो पटक संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा संक्रमतिको संख्या ३ सय २४ पुगको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहीबार तेस्रो विज्ञप्ति सार्वजनिक गर्दै प्रदेशका १० जिल्लामा संक्रमितहरूको सङ्ख्या ३ सय २४ पुगेको जानकारी दिएको छ। बिहीबार तेस्रो पटक सार्वजनिक गरिएको विज्ञप्तिमा ५ जिल्लाका ३० जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरिएको छ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माकाअनुसार स्याङ्जाका आँधिखोला गाउँपालिकाका ७२ र ३४ वर्ष उमेरका २ महिला, १३ र १९ वर्ष उमेरका २ पुरुष, कालीगण्डकी गाउँपालिकाका २१, ३३, २६, ३० र १८ वर्ष उमेरका ५ जना पुरुष गरी कुल ९ जनामा कोभिड १९ सङ्क्रमणको पुष्टि भएको छ।

यस्तै, पर्वतको कुश्मा नगरपालिकाका २० वर्षीय पुरुष १ जना, फलेवास नगरपालिकाका १९ र २२ वर्ष उमेरका २ जना पुरुष र जलजला गाउँपालिकाका १६ वर्षीय १ जना पुरुष गरी ४ जना, तनहुँको व्यास नगरपालिकाका ४२, २९ र २५ वर्ष उमेरका ३ जना पुरुष, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका २९, २०, ३९, १९, ३०, ३३, ४०, २९ र २९ वर्ष उमेरका ९ जना पुरुष र बिनयत्रिवेणी गाउँपालिकाका ३५, ३१, २६ र २३ वर्षका ४ जना पुरुष तथा बागलुङको गलकोट नगरपालिकाका ३३ वर्षीय १ जना पुरुष गरी नयाँ ३० जनामा सङ्क्रमण भएको पुष्टि भएको हो।

थपिएका सबै जना भारतबाट फर्किएकाहरू हुन भने जिल्लाका क्वारेनटाइनमा रहेका उनीहरूलाई सम्बन्धित जिल्लाका आइसोलेसनहरूमा लैजाने तयारी भइरहेको डा बिनोदबिन्दु शर्माले जानकारी दिएका छन्।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहीबार बिहान पहिलो पटक जारी गरेको विज्ञप्तिमा ४ जिल्लाका ४२ जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो भने दोस्रो विज्ञप्तिमा पर्वतका ५ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको थियो।

Related Articles

Back to top button