समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण, मनाङमा पहिलो पटक भेटियो

Spread the love

असार ४, २०७७ काठमाडौं : गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकी प्रदेशका चार जिल्लामा संक्रमण थपिएको हो। जस अनुसार मनाङमा पहिलो पटक संक्रमण देखिएको छ।

मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा संक्रमण देखिएको छ। आज भेटिएका मा नवलपरासी पूर्वका १८ जना रहेका छन्। त्यस्तै तनहुँका १२ जना र गोरखाका ११ जना रहेका छन्। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ।

Related Articles

Close