समाचार

गण्डकी प्रदेशका थप पाँच जनामा कोरोना संक्रमण

Spread the love

जेठ २६, पोखरा । गण्डकी प्रदेशमा थप पाँच जनामा नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले सोमबार साढे पाँच बजे एक प्रेस विज्ञप्ति जारी गर्दै थप पाँच जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), गैडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ३३ र ३९  वर्षका दुई जना पुरुष तथा सोहि जिल्लाको कावासोती नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २१ र ४० का वर्षका २ जना पुरुष र ६३ वर्षीया महिला  गरी थप पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाइएको छ ।

उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)को रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।

Related Articles

Close