प्रदेशसमाचारस्वास्थ्य

गण्डकीमा थपिए ५० जना कोरोना संक्रमित

Spread the love

असार ६,  काठमाडौं : गण्डकी प्रदेशमा फेरि ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। गण्डकी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार बेलुका तनहुँ, बागलुङ, नवलपरासी पूर्व र मुस्ताङमा संक्रमित भेटिएका हुन्।

मन्त्रालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार तनहुँको ब्यास नगरपालिकामा २७ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ। त्यसैगरि बागलुङको गलकोट नगरपालिका, तारा खोला गाउँपालिका र बडिगाड गाउँपालिकामा २९ जना नयाँ संक्रमित भेटिएका छन्।

त्यसैगरि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्य विन्दु नगरपालिकामा १८ जना नयाँ संक्रमित भेटिएका छन्। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा पनि नयाँ संक्रमित भेटिएका छन्।  मुस्ताङको घरपजोङ गाउँपालिका निवासी एकजना ८३ वर्षीय पुरुषमा पनि कोरोना देखिएको शर्माले बताएका छन्।

अब गण्डकी प्रदेशको लमजुङ मात्रै कोरोना संक्रमणबाट जोगिएको जिल्ला छ।  उनीहरु सबैजना सम्बन्धित पालिकाका क्‍वारेन्टाइनमा रहेका शर्माले बताए। उनीहरु सबैलाई नजिकैको आइसोलेसनमा लाने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन्।

Related Articles

Back to top button