समाचारस्वास्थ्य

गण्डकी प्रदेशको सात जिल्लामा थपिए ५८ संक्रमित

Spread the love

पोखरा, ६ असार । गण्डकी प्रदेशमा थप ५८ जना कोरोना संक्रमित थपिए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ४ सय ३८ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी पोखराको शनिबार बिहान ६ बजेको तथ्याङक अनुसार तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, बागलुङमा ८, कास्कीमा २, म्याग्दी र स्याङ्जामा १ १ जनामा कोरोना पुष्टि भएको हो ।

तनहुँको ऋषिङ गाउँपालिकामा २१ जना, व्यास नगरपालिकामा २ जना, शुक्लागण्डकी नगरपालिकामा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनीहरु १ बर्षिय बालक देखी ३७ बर्ष सम्म उमेर समुहका छन् । तनहुँमा यो सँगै ६८ जनामा कोरोना संक्रमण देखीएको छ ।

त्यसै गरि नवलपुरको बुलिङटार गाउँपालिकाका ११ जना, मध्यविन्दु नगरपालिकाका २ जना, विनयत्रिबेणी गाउँपालिकामा १ जना, देबचुली नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु १७ देखी ४७ वर्ष उमेर समुहका छन् ।

गण्डकी प्रदेशमा सबै भन्दा धेरै नवलपुरमा १ सय १५ जनामा कोरोना संक्रमित पुगेका छन् । त्यसै गरि बागलुङका काठेखोला गाउँपालिकाका ७ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको डा शर्माले जानकारी दिए । उनीहरु २२ देखी ३९ बर्ष उमेर समुहका छन् ।

गोरखाको भीमसेन नगरपालिकाका २२ देखी ३६ बर्ष उमेर समुहका ५ जनालाई कोरोना देखिएको छ । कास्कीका मादी गाउँपालिकाका १ पुरुष र १८ महिनाकी बालिकामा कोरोना देखिएको छ । म्याग्दीको मालिका गाउँपालिकामा ३० बर्षिय १ जना पुरुष र स्याङजामा पालिका नखुलेको २९ बर्षिय १ जना पुरुषमा कोरोना पुष्टि भएको शर्माले बताए ।

Related Articles

Back to top button