अर्थ खबरगण्डकी प्रदेशसमाचार

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

Spread the love

पोखरा, १९ असार / गण्डकी प्रदेशको आगामी बर्षको बजेट बहुमतले पारित भएको छ । शुक्रबारको प्रदेशसभा बैठकमा सत्तारुढ सांसदहरुको समर्थनमा बजेट पारित भएको हो ।

विनियोजन विधेयक र मन्त्रालयगत खर्च शीर्षकमा छलफलपछि बजेट पास भएको हो । आगामी बर्षका लागि अर्थमन्त्री किरण गुरुङले ३४ अर्व ८४ करोडको बजेट प्रश्तुत गरेका थिए ।

विनियोजित बजेटमध्ये १४ अर्व ३४ करोड चालू खर्च छ भने १९ अर्व ९९ करोड पूँजीगत छ । चालूमा ४१ प्रतिशत, पुँजीगत ५७ र बाँकी बजेट वित्तिय ब्यवस्थामा छुट्याईएको छ ।

सातैजना मन्त्रीहरुले बजेटमाथी उठेका प्रश्नहरुको जवाफ दिएका थिए । आगामी बर्षपनि सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा छ ।

सामाजिक विकास मन्त्रालयमा १३ प्रतिशत, कृषिमा ९ प्रतिशत, मुख्यमन्त्री कार्यालयलाई ७, पर्यटनमा ५, आन्तरिक मामिलामा २ र आर्थिक मामिला मन्त्रालयमा ०.५ प्रतिशत मात्रै बजेट छ ।

Related Articles

Close