गण्डकी प्रदेशराजनितिसमाचार

गण्डकीको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

Spread the love

पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५( अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । पोखरेलले विपक्षी गठबन्धनबाट सरकार गठनका लागि आवश्यक ३१ सांसदको हस्ताक्षरसहित शुक्रबारै दाबी पेश गर्नु भएको थियो ।

निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको समर्थन रहेको भन्दै दाबी गनुृ भएको थियो । उहाँको दाबी नपुगेपछि पौडेलले पोखरेललाई नियुक्त गर्नु भएको हहो। अब उहाँले आगामी ३० दिन भित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।

Related Articles

Back to top button