समाचारस्वास्थ्य

गण्डकी प्रदेशबाट कोरोना (कोभिड–१९) का ६१ नमुना संकलन, २ पोजेटिभ, ४३ नेगेटिभ

Spread the love

पोखरा, २२ चैत । गण्डकी प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) का ६१ जनाको नमुना संकलन भएको छ । अहिले सम्म ६१ नमुना संकलन गरीएकोमा ४५ वटाको रिर्पोट आएको छ । जसमा ४३ जनाको नेगेटिभ, २ को पोजेटिभ आएको छ भने १६ जनाको रिर्पोट आउन बाँकी छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै भन्दा बढि कास्कीमा २७ जनाको नुमना संकलन भएको छ । मनाङ, मुस्ताङ र नवलपुरमा अहिले सम्म कुनै संकास्पद नभेटिए पछि नमुना संकलन गर्न नपरेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

अहिले सम्म बागलुङका १४ जना, स्याङजाका ८ जना, पर्वत ४ र लम्जुङका ३ जना, तनहुँ १ गोरखा २ म्याग्दीका २ जनाको स्वाब परीक्षणका गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पछिल्लो दिनमा नमुना परीक्षण र उपचारका लागि विरामीहरु आउन थालेका छन् ।

पोजेटिभ दुई जना नै बागलुङका रहेका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालको आइसोलेजनमा उपचार भईरहेको छ । उनीहरु बेल्जियमबाट ४ चैतमा कतारको दोहा हुँदै काठमाडौं पोखरा हुदै बागलुङ पुगेका थिए ।

कतार एयरको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीहरुको पनि नमुना परीक्षण गरिएको थियो, जसमा पोजेटिभ रिपोर्ट आएको थियो ।

Related Articles

Close