समाचार

गण्डकी प्रदेशमा सुरु भयो ‘हेलो मुख्यमन्त्री’

Spread the love

पोखरा, भदौ ४ ।
गण्डकी प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ सोमबारदेखि सुरु गरेको छ । संघीय सरकारको ‘हेलो प्रधानमन्त्री’कै जस्तो जनताको गुनासो सुन्न प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ सुरु गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफैले फोन उठाएर ‘हेलो मुख्यमन्त्री’को उद्घाटन गरे । ‘हेलो मुख्यमन्त्री’मा गण्डकी प्रदेशका जनताले १०९४ मा फोन गरेर गुनासो राख्न सक्नेछन् ।

पूर्वाहृन १० बजेदेखि अपराहृन ५ बजेसम्म कर्मचारी बसेर गुनासो टिप्नेछन् भने त्यसबाहेकको समयमा अटोमेटिक रुपमा गुनासो रेकर्ड हुनेछ । त्यस्तै, एन्ड्रोइड मोवाइल प्रयोगकर्ताले Hello CM Android App डाउनलोड गरी सोहि एपमार्फत गुनासो राख्न सक्नेछन् । टिपिएको वा रेकर्डेड गुनासाहरु सुनेर तत्काल समाधान गरिने प्रदेश सरकारले जनाएको छ ।

राखिएको गुनासाको कार्य प्रगति पनि समाधान भएका गुनासाहरुको Hellocm.gandaki.gov.np मा हेर्न सकिनेपनि जनाइएको छ । सोमबार दिउँसो १ बजे सुरु गरिएको ‘हेलो मुख्यमन्त्री’को पहिलो फोन कल पोखरा १५ का कृष्ण पौडेलले गरेका थिए ।

Related Articles

Check Also

Close
Close