समाचार

गण्डकी प्रदेश सरकारले फागुन ४ मा स्थापना दिवस मनाउने

Spread the love

माघ २४, पोखरा

गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथग्रहण गरेको दिन (२०७४ फागुन ४ गते)लाई स्थापना दिवस मनाउने निर्णय २०७५ माघ २० गतेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो।

स्थापना दिवस समारोह मनाउन आन्तरिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, प्रमुख सचिव लक्ष्मीराम पौडेल, सचिवहरू लालमणि ओझा, धर्मराज कुइँकेल र दलबहादुर अधिकारी सदस्य रहेको समारोह समिति गठन भएको छ। गण्डकी प्रदेशका विभिन्न क्षेत्रका व्‍यक्तिहरूको सहभागितामा मनाइने समारोहमा कर्मचारीलाई सम्मान, सरकारको वर्ष दिनको कार्य विवरण सार्वजनिक गरिने भएको छ।

Related Articles

Close