समाचार

गण्डकी प्रदेशसभाको लोगो तयार

Spread the love

पोखरा , असोज १६ ।
गण्डकी प्रदेशको प्रदेशसभाको लोगो तय भएको छ । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोरखाका बिनित रानामगरले बनाएको लोगो गण्डकी प्रदेशका लागि छानिएको हो ।सांसद मायानाथ अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा सभामुखले लोगो तथा पोशाक छनोट गरेको छन् ।
लोगोमा नेपालको नक्साको मध्यभागका पर्ने गण्डकी प्रदेशलाई विभिन्न जातजातिको पोशाकसहितको चित्रले छुट्याइएको छ । सिंगो नेपालको नक्साको तलमाथि गण्डकी प्रदेशका अन्य संकेत राखिएको छ । लोगोको दुईतिरको किनारमा समृद्धिको आधारमा धानको बालालाई राखिएको छ भने सबैभन्दा तल एकता र समानताको प्रतीकका रुपमा महिला र पुरुषले हात मिलाएको देखाइएको छ ।

सबैभन्दामाथि माछापुच्छ्रेसहित अन्नपूर्ण हिमशृंखलामार्फत गण्डकी प्रदेशको हिमाली क्षेत्रलाई संकेत गरिएको छ । त्यसभन्दा तल पहाडी र तराई क्षेत्रको डाडाँलाई संकेत गरिएको लोगो बनाएका बिनितले जानकारी दिए । ‘गण्डकी प्रदेशमा समेटिएका हिमाल, पहाड र तराईलाई लोगोमा संकेत गरेको हुँ,’ बिनितले भने, ‘राष्ट्रिय पंक्षी डाँफे, फूल लालिगुराँस र नेपालको झण्डालाई पनि समेटेको छु ।’प्रदेशसभाको लोगोको दुईतिरको किनारमा समृद्धिको आधारमा धानको बालालाई राखिएको छ भने सबैभन्दा तल एकता र समानताको प्रतीकका रुपमा महिला र पुरुषले हात मिलाएको देखाइएको छ ।

Related Articles

Close