समाचारसमाजस्थानीय

गन्धर्व संस्कृतिका धरोहर लोककलाकार गायकको निधन

Spread the love

पोखरा, १२ माघ । गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायकको सोमबार (आज) पोखरामा निधन भएको छ । पोखरा–१६ निवासी ५९ वर्षीय गायकको आज बिहान ०८ः १० बजे उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

उच्च रक्तचापबाट पीडित गायक शनिबार अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो ।

उनको यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली लगायत का गीतहरु चर्चित छन् । उनी राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष तथा संगीत शिक्षक पनि रहेका थिए ।

गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ पोखरा–१६ बाटुले चौरस्थित गन्धर्व पाठशाला सञ्चालनमा ल्याएर गन्धर्वका सन्तति र अन्यलाई निःशुल्क सङ्गीत सिकाउँदै आइका थिए ।

Related Articles

Close