अर्थ खबरसमाचारसमाजस्थानीय

हाम्रो गौरवको साता ब्यापी साधारण सभा

Spread the love

मंसिर २१, लेखनाथ ।

विश्व ब्यापी रुपमा फौलिएको कोरना भाईरसका कारण ठुलो जमघट गराएर बार्षिक साधारण सभा गर्ने योजना हुदाँ हुदै पनि पोखरा–३० मा रहेको हाम्रो गौरव बचत तथा ऋण सहकारी सस्थाले एक हप्ता लगाएर आफना १३औं बार्षिक साधारण सभा गर्ने भएको छ ।

कुल १० करोड ६२ लाख ४७ हजार चार सय सेयर पुजी बनाउन सफल सहकारीले एक हजार चार सय १६ सेयर सदस्यहरुलाई विगतका वर्षमा तामझाका साथ साधारण सभा गर्दै आए पनि यस वर्ष फैलिएको महामारी रोगलाई मध्यनजर राखी मंसिर २१ गते देखि २६ गतेसम्म गर्न लागेको साधारण सभाको आईतवार देखि सुभारम्भ गरेको हो ।

साधारण सभाको सुभारम्भ गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीले स्थानिय आवस्यकतालाई हेरेर मुनाफालाई मात्र नहेरी समुदायको सेवा भावले अगाडी वड्नु पर्ने सुझाव राखेका थिए ।

सहकारीले नयाँ प्रविधीको प्रयोग गरि सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्ने खालका योजना ल्याएर विकास निर्माणका क्षेत्रमा सहयोगी बन्नु पर्नेमा अध्यक्ष तिवारीको भनाई रहेको थियो ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्ने गरि सहकारीले सामाजीक उत्तरदाईत्वको क्षेत्रमा पनि सहायोग गर्दै जानु पर्नेमा जोड दिएका थिए भने सस्थाका पुर्व सल्लाहकार तथा कालिका लघुवित्तका कार्यकारी प्रमुख महेन्द्र अधिकारी र कार्यसमितिकी सदस्य राधा सापकोटाले सहकारी विकास निर्माणका लागि सहयात्री भएको विचार राखेका थिए ।

सस्थाका अध्यक्ष कमलनाथ कुवँरले सस्थाको प्रगति विवरण सहित भावी योजना पेश गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रामचन्द्र अधिकारी र कार्यक्रम संचालन सचिव धननाथ सापकोटाले गरेका थिए ।

Related Articles

Close