समाचार

सामुदायिक विद्यालयहरु विज्ञान र प्रविधिसँगै अगाडि वढ्न पोखरा महानगर प्रमुख जिसी को आग्रह

Spread the love

लेखनाथ, २५ पुष ।
पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसीले विज्ञान र प्रविधिको आजको युगमा सामुदायिक विद्यालयहरु पनि समयानुकुल अगाडि वढ्नु पर्नेमा जोड दिएका छन् । पोखरा महागरपालिका वडा नं ३२ गगनगौडामा रहेको गोगन माविको ५० औं वार्षिकोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । नमुनाको रुपमा रहेको गोगन माविले आइ सि टीका लागि ल्याएका योजनामा महानगरपालिकाको सहयोग रहने प्रतिवद्धता पनि जनाएका थिए ।
विद्यालयको शैक्षिक गुणस्तरका लागि शिक्षकको भुमिका महत्व पुर्ण हुने बताउदै विद्यार्थीका लागि ब्यवहारिक र प्रयोगात्मक ज्ञान दिने खालको पाठयक्रमलाई अगाडि वढाउनु पर्ने सुझाव राखेका थिए ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं ३२ का वडाअध्यक्ष अकल बहादुर कार्की, विद्यालय निरिक्षक विश्वराज आचार्य, ब्यवस्थापन समितिका पूर्व अध्यक्ष खेमराज अधिकारी,बरिष्ठ चन्दादाता बुद्धिमान गुरुङ, अभिभावकको तर्फबाट किसान परियार ,विद्यार्थीहरुको तर्फबाट स्माइल भण्डारी र बविता भण्डारी लगाएतले आ आफनो धारणा राखेका थिए ।
बिद्यालयका प्रधानाध्यापक मोहनराज बरालले बार्षिक प्रतिबेदन र भावी योजनाका बारेमा जानकारी गराएको सो कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पूर्व सदस्य पार्वती गुरुङ, नारायण प्रसाद बराल, मिना गुरुङ र ईन्द्रबहादुर भुजेललाई सम्मान गरिएको थियो भने पूर्व प्रधानाध्यापक डम्वर प्रसाद पौडेललाई कुशल प्रशासकका रुपमा विद्यालयको शैक्षीक तथा भौतीक उन्नतीका लागि सहयोग पु¥याएकोमा सम्मान गरिएको हो । सोही अवसरमा पूर्व प्रअ चन्द्रवती पौडेल, निर्वतमान प्रअ सुर्यमणि पौडेल तथा शिक्षक लक्ष्मण विजयपतिलाई दीर्घ सेवा पदकले सम्मान गरिएको थियो ।
वार्षिककोत्सवका अवसरमा शिक्षक सकुन्तला सोती र सुरेन्द्र लामिछाने तथा कर्मचारी रेश्मा थापालाई चन्द्ररत्न स्मृती अक्षयकोष पुरस्कार प्रदान गरिएको थियो भने विद्यार्थीहरु आसा पौडेल, अनिता न्यौपाने र गणेश गुरुङलाई कविराम गुरुङ अक्षयकोषद्धारा पुरस्कृत गरिएको थियो । विविध सास्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रमको संचालन शिक्षक झलकराज पौडेल र गीता थापाले गरेका थिए ।

Related Articles

Close