समाचार

जिपि कोइराला अध्ययन केन्द्रद्धारा विद्यार्थीलाई सहयोग

Spread the love

पोखरा, २९ पुष ।
जिपि कोइराला अध्ययन केन्द्र कास्कीले धम्पुसका विद्यार्थीलाई सहयोग गरेको छ । अध्ययन केन्द्रले कास्की जिल्लाको माछापुछ्रे्रे गाउँपालिका वडा नं ७ मा रहेको खानी गाउँ धम्पुसमा अवस्थित जनप्रिय अधारभूत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामान वितरण गरेको हो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाली काग्रेस महासमिती सदस्य कृष्ण कार्कीले एक आपसमा दोषारोपण नगरी एक जुट भइ विकास निर्माण कार्यमा लाग्नु पर्नेमा जोड दिए । सोही कार्यक्रममा नेपाली काग्रेस कास्कीका सदस्य विष्णु वहादुर क्षेत्री, विद्यालयका प्रधानाध्यापक टेकराज भण्डारी लगाएतले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रका महासचिव सुरेन्द्र वावु तिवारीले कार्यक्रम माथि प्रकाश पारेका थिए ।

अध्ययन केन्द्र कास्कीका अध्यक्ष शिवनाथ सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष विदुरमणी ढुंगाना र सचिव श्रीराम कडेंलले कार्यक्रम सञ्चालन गरेका थिए।

Related Articles

Close