समाचार

ग्रीन डेभलपमेण्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Spread the love

पोखरा, १८ माघ
ग्रीन डेभलपमेण्ट वैंक लि.तालचोक शाखाले पोखरा महानगरपालिका २७ तालचोकमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आमन्त्रीत व्यक्तित्व त्रिवेणी इन्टरनेशनल कलेजका व्यवस्थापन समितिका अध्यक्ष श्री वावुराम गिरिले यसरी बैंक तथा वित्तीय संस्थाहरुले गर्ने वित्तीय साक्षरता कार्यक्रम त्रिवेणी इन्टरनेशनल कलेजमा पाउँदा आफु निकै खुसी रहेको र यस साक्षरता कार्यक्रमले व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी प्रत्यक्ष लाभान्वीत हुने अपेक्षा गरेको वताउनुभयो ।

सोही कार्यक्रममा वोल्दै त्रिवेणी इन्टरनेशनल कलेज, विद्यार्थी कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतमले व्यवहारिक ज्ञान अभिवृद्धीको लागि यस साक्षरता कार्यक्रमले टेवा पु¥याउने वताउनुभयो । उक्त वित्तीय साक्षरता कार्यक्रम ग्रीन डेभलपमेण्ट बैंक लि. तालचोक शाखाका शाखा प्रवन्धक सुशिल पौडेलले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा पौडेलले बैंक भनेको के हो? किन यसको आवश्यकता छ? चेक भनेको के हो? गलत तरिकाले चेक काट्दा हुने नोक्सानीहरु के के हुन? बैंकवाट कसरी कर्जा प्रवाह हुन्छ? नगदको सुरक्षा के हो? सम्पत्ती शुद्धीकरण भनेको के हा? एटिएम कार्ड के हो? लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

साथै, आगामी दिनहरुमा त्यस कलेजमा अध्ययनरत विद्यार्थीहरुको ब्यवहारिक ज्ञान अभिवृद्धीका लागि इन्टर्न्शिप, जेहेन्दार विद्यार्थीलाई रोजगारी लगायतका विषयमा समन्वय गर्न सकिने समेत वताउनुभयो । उक्त कार्यक्रम, त्रिवेणी इन्टरनेशनल कलेज, विद्यार्थी कल्याणकारी समितिको सहयोगमा सम्पन्न भएको थियो ।

त्रिवेणी इन्टरनेशनल कलेज, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सरोज भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य समितिका कोषाध्यक्ष सुजन आचार्यले राखेका थिए भने समितिका सचिव विवेक कडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Related Articles

Close